Todays Date: २०८३ जेष्ठ १७

के थियो ‘लाज शरणम्’को पोस्टरमा ? जसले दर्शकमाझ प्रतिक्षित बनायो

laajsaranam

टेलिसिरिज ‘सक्किगोनी’ को कलाकार टिमले नै निर्माण गरेको फिल्म ‘लाज शरणम्’को पोस्टरले यो फिल्मप्रतिको अपेक्षा बढाइदिएको छ । कमेडी र कथा एकसाथ देखिएको पोस्टरले फिल्मप्रतिको अपेक्षा बढाइदिएको हो ।

फिल्मको मख्य प्रचार सामग्रीमध्यको एक हो पोस्टर । पोस्टरको राम्रो डिजाइन भयो भने त्यसले फिल्मको कथा भन्दै दर्शकमा कौतुहलता बढादिन्छ । यो काम ‘लाज शरणम्’को पोस्टरले गर्यो ।

पोस्टर राम्रो हुँदा र दर्शकले त्यसलाई मन पराइदिँदा फिल्म नै प्रतिक्षित बन्छ । दर्शक फिल्म रिलिजको पर्खाइमा हुन्छन् । यो सफलता पनि ‘लाज शरणम्’ले पायो ।

पोस्टर, टिजर र ट्रेलर फिल्मको सारांश हुन् । ‘लाज शरणम्’को टिजर र ट्रेलर त आउन बाँकी नै छ । तर पोस्टरले भने फिल्मको हाइप बढाउने काम गरे ।

निर्माणपक्षले एकसाथ सार्वजनिक गरेका तीनवटै पोस्टरको दर्शकले तारिफ गर्दा फिल्मको पर्खाइमा दर्शक रह्यो । पोस्टरले दिएको सफलता टिजर र ट्रेलरले जोगाउन सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी छ ।

के थियो पोस्टरमा ?

‘लाज शरणम्’को टिमले तीनवटा पोस्टर सार्वजनिक गरेको थियो । पोस्टरका कथा र कमेडी एक साथ देखिएको थियो । गम्भीर विषयलाई रमाइलो तरिकाले ‘लाज शरणम्’ले कथा भन्ने पोस्टरले संकेत गरेको थियो । तर, प्रष्ट रूपमा कथा के हो खुलाएको छैन ।

सार्वजनिक गरिएका पोस्टरमा चलचित्र अधिकांश मुख्य कलाकार अटाएका छन् । पोस्टरमा पाँच जना कलाकार फिचर्ड छन् । चार जना चिनिए पनि एक जना चिनिँदैन ।

पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफिनभित्रबाट उनीहरूले केही आश्चर्य र रमाइलो मिश्रित भावमा केही हेरिरहेका छन् । यसलाई मृत्युपछि मान्छेले के देख्छ होला भन्ने परिकल्पनाका रूपमा बुझ्न सकिन्छ ।

दोस्रो पोस्टरमा हात तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन् । उसको तराजुमा यार्सा र सुनको विष्कुट जोखिरहेको देखिन्छ । सुनको विष्कुट यार्साको भन्दा भारी तौल देखाइएको छ ।

उसको अगाडि हिमाल र त्यसको काखमा बस्ती छ । यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यतामा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने बुझ्न सकिन्छ ।

अर्को पोस्टरमा हरिष र विजय छन् । हरिषको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शंख फुकिरहेको देखिन्छ । यसले प्रतिशोध साँधिरहेको देखाएको छ । सँगै विजय पनि फिल्ममा हाबी हुने एक पात्र हुन् भन्ने देखाउँछ ।

पोस्टरले अभाव, आम नेपालीको बाध्यता, मृत्युपछि पनि त्यसमा देख्ने पैसा देख्ने नेपाली र आफ्नै हिमाली बस्ती होस् वा परदेश नेपालीले मृत्युसँग साक्षात्कार गरिरहेको यथार्थलाई पोस्टरले देखाइदिएको छ ।

वर्षकै प्रतिक्षितमध्येको एक यो फिल्म ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ ।

यो फिल्मलाई कुमार कट्टेल (जिग्री ब्रो’ले निर्देशन गरेका छन् ।

फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ । फिल्मलाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

‘लाज शरणम्’को विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ । फिल्मको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले किनेको छ ।

वितरण कम्पनीका प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम्’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना छ ।

सुवेदीले ‘लाज शरणम्’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिएका छन् । कुन–कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन् ।

नेपालमा भने फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x