Todays Date: २०८३ जेष्ठ २

‘पिताम्बर’ टिजरमा प्रदीप र सौगातको एक्सन अवतार

Pitambar 1

नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को एक्सनपूर्ण टिजर सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो ।

फिल्मका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा ही धर्मस्य’बाट वाचन गरेपछि सुरु हुने टिजरमा फिल्मका कलाकारहरु प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झा अँटाएका छन् ।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा प्रदीप र सौगातको एक्सनलाई विशेष स्थान दिइएको छ । टिजरमा कलाकार रविन्द्रले ‘कथामा बहुत ट्वीस्ट भयो, दुई वटा पिताम्बरको एउटै कथा छ’ भनी बोलेको संवादले फिल्ममा दुई पिताम्बर हुन् कि भन्ने छनक दिन्छ ।
निर्देशक कृषाले हरेक कथा अनुसार नयाँ फिल्म बन्ने भएकाले ‘पिताम्बर’ पनि नयाँ कथा रहेको बताइन् । उनले आफ्नो टिमले ठूलो क्यानभासमा राम्रो फिल्म बनाएको भन्दै त्यो कुरा ट्रेलर रिलिजमा देखिने बताइन् ।

नायक प्रदीप खड्काले एक्सनले सबै कुरा बोल्नै भन्दै टिजरमा सबै कुरा केही हदसम्म देखिएको दाबी गरे । फिल्म चाहना अनुसार बनेको भन्दै आफूले ‘पिताम्बर’मा स्क्रिप्ट भन्दा पनि निर्देशक कृषाको इन्टेन्सन हेरेर काम गरेको खुलाए । उनले आफ्नो करियरमा ‘पिताम्बर’ नयाँ खुड्किलो हुने दाबी गरे ।

निर्माता विशाल चौलागाईंले फिल्म प्रति आफ्नो रुची बढ्दै गएकाले अझ राम्रो फिल्म बनाउनेमा आफू प्रतिबद्ध रहेको बताए । दिदी कृषाको फिल्म प्रतिको लगाव प्रति आफू नतमस्तक रहेको बताउँदै आफू फिल्ममा सक्रिय रहँदा साथीभाईहरु पनि छक्क परेको खुलाए । पेशाले मेडिकल व्यवसायी विशालले यसअघि कृषाको निर्देशन रहेको फिल्म ‘एैचोपैचो’ निर्माण गरेका थिए ।

नायिका सुरक्षा पन्तले एउटा राम्रो टिमसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । नायिका सुपुष्पा भट्टले फिल्ममा आफूले ‘इमोसनल’ चरित्र निभाउनु परेकाले चरित्र विकासमा सहयोग पुगेको बताइन् । नायिका दिव्या रायमाझीले फिल्म आफ्ना लागि राम्रो बनेको बताइन् ।
फिल्म ‘ऐंचो पैचो’बाट निर्देशनमा पाइला चालेकी कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरिसकेकी छन् ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी(अनमोल)ले समेत अभिनय गरेका छन् ।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x