Todays Date: २०८१ फाल्गुन १

‘वसन्त’को ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा

basanta

गत पौष २७ गते शनिबार सार्वजनिक गरिएको फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा छ । गीतलाई २४ लाख बढी दर्शकले हेरिसकेका छन् ।

युट्युब ट्रेन्डिङको म्युजिक सेक्सन तर्फको शिर्ष स्थानमा उक्लिएको गीतले हालसम्म ९१ हजार लाइक र तीन हजार ९ सयबढि प्रतिक्रिया पाएको छ । यो गीत म्युजिक सेक्सनमा मात्रै नभई युट्युब ट्रेन्डिङको मुख्य सेक्सन जहाँ लामो समयदेखि सर्टस् भिडियोको अधिपत्य तोड्दै ५ नम्बरमा आइपुगेको हो ।

गायक, अभिनेता तथा निर्देशक समेत रहेका सुपतले नै शब्द रचना र संगीत तयार पारेको गीतको अडियो र भिडियो दुवै पक्ष अब्बल रहेको प्रतिक्रिया पाइरहेको छ । सार्वजनिक गीतमा गायनमा सपुतलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

गायक तथा अभिनेता प्रकाश सपुतकै लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

फिल्ममा सुसन प्रजापतिको छायांकन छ । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले फिल्म वितरण गर्नेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top