Todays Date: २०८२ माघ ११

राजु गिरीको ‘डल्लेले इन्ट्री मार्याे’मा बले, लिए ३५ लाख पारिश्रमीक

Sagar Lamsal Dalley

अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ मा शुक्रबार अनुबन्धित भएका छन् । राजु गिरीको निर्देशनमा बन्ने फिल्ममा सागरले ३५ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् । फिल्ममा उनी डल्ले नामक युवकको शीर्ष भूमिकामा प्रस्तुत हुदैछन् ।

सागर विशेषगरी ‘सक्किगो नि’ सिरिजबाट चर्चामा आएका हुन् । ‘लोफर’ फिल्मबाट ठूलो पर्दाको यात्रा थालेका उनले त्यसपछि ‘हैरान’ लगायतका केही फिल्म तथा सयौं म्युजीक भिडियोहरुमा अभिनय गरेका छन् । उनी प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘लाज शरणम’ १४ फागुनबाट प्रदर्शनमा आउँदैछ ।

निर्देशक राजुले क्यारेक्टरमा फिट, कुशल अभिनय र बजारको माग हेरेर सागरलाई शीर्ष भूमिकामा लिइएको बताए ।

सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको फिल्मको छायांकन फागुन अन्तिमबाट गरिने छ । सावित्रा चिलुवाल, निर्मला बस्नेत, आशिष र आदर्श बस्नेत निर्माता रहेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चयन कार्य केही सातामा टुङ्ग्याइने छ । उषा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म सोसियल कमेडी जनराको हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x