Todays Date: २०८१ फाल्गुन १

‘माग्ने राजा’मा आर्यन सिग्देलको ईन्ट्री

IMG 2042

फिल्म ‘माग्ने राजा’ मा अभिनेता आर्यन सिग्देलको ईन्ट्री भएको छ । निर्देशक ऋषि लामिछानेले दिएको जानकारी अनुसार फिल्मको महत्त्वपूर्ण भूमिकाका लागि आर्यनलाई अनुबन्ध गरिएको हो । पछिल्लो समय ठुला फिल्ममा देखिन थालेका आर्यनले महाभोजको छायाङ्कन सके लगत्तै “माग्ने राजा’को सेट जोइन गर्ने गरी सहमति दिएका हुन ।

माग्ने र आर्यन तेस्रो पटक फिल्मको पर्दामा सँगै देखिन लागेका हुन । उनीहरूले सबै भन्दा पहिले छक्का पन्जाको पहिलो श्रृङखला र हालसालै रिलिज भएको छक्का पन्जा ५ मा एक साथ काम गरिसकेका छन् । छक्का पन्जाको पहिलो श्रृङखलामा पनि आर्यनले प्रियङ्का कार्कीको प्रेमी बनेर कथालाई टीवष्ट दिने भूमिका निर्वाह गरेका थिए भने ५ मा पृथ्वीनारायण शाहको भूमिकालाई गज्जबले न्याय गर्दै कथामा नयाँ मोड ल्याइदिएका थिए ।

यो फिल्ममा पनि आर्यनको छक्का पन्जाको जस्तै एक्सटेन्डेन्ट केमियो हुनेछ । एक्सटेन्डेन्ड केमियो भन्नाले लामो केमियो हो । कुनै सेलिब्रिटी वा प्रसिद्ध व्यक्तिले विशेष रूपमा दिएको उपस्थिति हो, जुन सामान्य केमियोको तुलनामा लामो समयसम्म देखिन्छ ।

सामीप्य राज तिमिल्सनाको पटकथा संवादमा रहने फिल्ममा केदार घिमिरे (माग्ने बुढा) शीर्ष भूमिका मा देखिनेछ । यी बाहेक अभिनेत्रीमा वर्षा सिवाकोटी, मिस पवि, शिशिर बाङदेल लगायतका कलाकार फाइनल भइसकेका छन् । फिल्मको छायाङ्कन नरेन्द्र मैनालीले गर्दैन भने सङ्गीत दीपक शर्माले तयार गर्दैन ।

करिब ३ करोडको लागतमा निर्माण हुन लागेको यो फिल्मलाई कलाकार समेत रहेका निर्माता एवं हाल दाङको घोराही उपमहानगरपालिका–४ को वडाध्यक्षका रूपमा समेत चिनिएका मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top