Todays Date: २०८३ जेष्ठ १२

‘माइतीघर’मा धिरजको इन्ट्रीभएसँगै लाइनअप पुरा

4128082e c6b8 4d55 8a24 0680e5dc7504

रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको फिल्म ‘माइतीघर’मा कलाकारहरुको लाइनअप पुरा भएको छ । फिल्मको मुख्य भूमिकामा नायक धिरज मगरको इन्ट्री भएसँगै मुख्य कलाकारहरुको लाइनअप पुरा भएको हो ।

निर्माता रोहित अधिकारी र नायक धिरज मगरसँग कागजी संझौता भएको हो । फिल्ममा तीन स्टार कलाकारहरुले काम गर्ने पक्का भएको छ । फिल्ममा कलाकार केदार घिमिरे र प्रकाश सपुत पनि फाइनल भइसकेका छन् । फिल्ममा नायिका उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा पनि अनुवन्धित भइसकेका छन् । फिल्ममा वुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ ।

यो फिल्मको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । फिल्मलाई आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । दशैंमा एउटा शोज पाएपनि फिल्म रिलिज गर्ने घोषणा निर्माता रोहित अधिकारीले गरिसकेका छन् ।

मिलन तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ । चन्द्रकुमार दोङको कथा रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको संवाद छ । फिल्मका कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x