Todays Date: २०८३ बैशाख १६

‘पूर्ण बहादुरको सारङ्गी-२’ बन्न लागेकोमा निर्देशक पौडेल किन खुशी छैनन् ?

Saroj Paudel 1737980154

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड राख्यो । यो फिल्मले नेपाली बक्स अफिसमा ४८ करोड भन्दा माथिको ग्रस कलेक्शन गरिसकेको छ । विश्व बजारबाट यो फिल्मले ७५ करोड ग्रस कलेक्शन गरेको आँकडा निर्माणपक्षले सार्वजनिक गरेको छ।

यसैबिच, फिल्मको सफलता पार्टीमा यसको निर्माणपक्षले ‘पूर्ण बहादुरको सारङ्गी २’ बनाउने घोषणा गरिसकेको छ । यो फिल्मलाई वि.सं २०८३ सालमा रिलिज गर्ने तयारी निर्माताको छ ।
तर, यसको सिक्वेल बन्न लागेकोमा ‘पुर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेल भने खुशी देखिएका छैनन् ।

उनले, इतिहास बनाएको फिल्मलाई मागी खाने भाँडो नबनाउन आग्रह गरेका छन् । सामाजिक संजालमा उनी लेख्छन्–‘मैले पूर्ण बहादुरको सारङ्गीले कोरेको इतिहासलाई इतिहास नै बनाई सम्मानपूर्वक राखौँ, यसलाई कमाई खाने भाँडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफ्नै कारण भत्किन सक्छ, मैले यो फिल्म दोस्रो भागमा काम गर्दिनँ भनिसकेको छु । सकेसम्म २, ३, ४, ५ बनाउनतिर नलागेर आफ्नो कथाहरू फरक शैलीमा भन्नुपर्दछ, भन्ने मेरो मान्यता हो ।’

पौडेलले यहीकारणले आफूले ‘कोशेढुंगा’ मार्फत नयाँ कथा भन्न लागेको तर्क गरेका छन् । उनले अगाडि लेखेका छन्–‘मलाई विना जानकारी मैले श्रृजना गरेका पात्र र मेरो कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबनोस् पुर्ण बहादुरको सारङ्गी २ । मैले काम नगरेपनि आवश्यक प्रक्रिया पुरा गरेर अगाडि बढाउनुहोला । सारङ्गी १ ले स्थापित गरेको गरिमा जोगाउनु होला ।’

फिल्म ‘पुर्ण बहादुरको सारङ्गी २’लाई विनोद पौडेलले निर्माण गर्दैछन् । फिल्मका निर्देशकको नाम भने खुलाइएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x