‘कमेडी दरबार’बाट किन बाहिरिदै छन् विजय बराल?

bijaya baral 1

कलाकार विजय बरालले ‘कमेडी दरबार’ छाड्न लागेको खबर चर्चामा छ । उनी कमेडी दरबारमा ‘जज’को भूमिकामा निर्वाह गर्दै आएका छन्। 

विजय आफूले पनि समय व्यवस्थापन गर्न गाह्रो भएकाले शो छाड्ने बताएका छन् । उनले यो शोमा २६ भाग सम्मका लागि एग्रिमेन्ट गरेको बताए।

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को सफलता पार्टीमा पनि विजयले यो शो छाड्न लागेको बताएका थिए । यो शोको आज ३ भागको छायांकन छ ।

अहिलेसम्म कमेडी दरबारको २२ एपिसोड प्रसारण भइसकेको छ। अब चार भाग काम गरेपछि विजय बराल बाहिरिने छन्। 

विजयलाई मुख्य भूमिकामा लिएर नयाँ फिल्म बन्न लागेको छ । पहिले पहिले सह–कलाकारको रुपमा उनलाई फिल्ममा अफर आउँथ्यो । जसकाकारण, समय मिलाउन उनलाई पनि सहज भएको थियो । तर, अब उनी मुख्य कलाकारको रुपमा देखिन थालेपछि उनलाई समय मिलाउन गाह्रो भएको हो ।

विजयले शो छाड्ने चर्चा चलेपछि यसका निर्देशक विक्की अग्रवाल भने उनलाई फकाउन तिर लागेका छन् । विक्कीले हालै एक कार्यक्रममा भने–‘उहाँले छाड्छु त भन्नु भएको छ । तर, हामीले पनि मिलेसम्म मिलाउनुहोस् भनेका छौं । हामी उहाँलाई फकाउँदै छौं ।’

फिल्म ‘जनै हराएको बाहुन’ साइन गरेपछि विजयलाई समय व्यवस्थापन गर्न गाह्रो परेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x