Todays Date: २०८३ जेष्ठ १२

‘डोरी’को ‘चुच्चे ढुङ्गो’ गीतः आर्यन र अञ्जनाको छमछमी

dori

आगामी चैत्र १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डोरी’को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । सोमबार वसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक उक्त गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको गायन छ । सहायक स्वर सुनी थापाले दिएकी छिन् । राजनराज स्वयंको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन राजन ईशानले गरेका छन् ।

सौरभ लामाको डिओपी तथा कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा आर्यन सिग्देल र अञ्जना बराइलीको नृत्य देख्न सकिन्छ । अञ्जना ‘डोरी’की मुख्य अभिनेत्री हुन् भने आर्यन यो गीतमा मात्र देखिनेछन् । गीतमा उनीहरु परम्परागत पोसाकमा प्रस्तुत छन् । अहिले आर्यन र अञ्जनाले फिल्म ‘महाभोज’मा एकसाथ काम गरिरहेका छन् ।

फिल्मको लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिल्म हो । यसमा अञ्जनासहित प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय रहेको छ । ‘डोरी’ले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्ने जनाइएको छ ।

फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्मातामा राज थापा छन् । मनोज पण्डितले स्क्रिप्ट डक्टरिङ गरेको फिल्ममा मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, द्वन्द्व निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक तथा रचनाकार राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x