Todays Date: २०८३ बैशाख १०

एलिनालाई ऋचाले भनिन्: तिमीलाई सलाम छ

1738931132 reecha

गायिका एलिना चौहानले वैवाहिक सम्बन्ध अन्त्य गर्न लाग्दा सामाजिक सञ्जालमा भिन्न भिन्न प्रतिक्रिया आई रहेका छन् । उनले आफ्ना पति विरुद्ध तयार पारेको फिराद पत्र सार्वजनिक भए सँगै उनको सम्बन्धमा आएको दरार बाहिर देखिएको थियो ।

त्यस पश्चात् उनको बारे र उनको निर्णयलाई लिएर फरक फरक प्रतिक्रिया आई रहेका छन् । यही बिच नायिका ऋचा शर्मा भने उनको समर्थनमा देखिएकी छन् । सामाजिक सञ्जालमा लामो पोस्ट सँगै एलिना रुँदै कार्यक्रममा गीत गाइरहेको क्लिप राखेर उनले औ सदैव एलिनाको साथमा रहेको उल्लेख गरेकी छन् ।

उनी लेख्छिन्,”एलिना तिम्रो आँटलाई म सलाम गर्छु । धेरै महिलाहरू समाजको डरले आफूलाई बिर्सिएर अरूको चाहनामा बाँच्न बाध्य हुन्छन् । तर तिमीले आफूलाई चुन्यौ, आफ्ना सपनालाई चुन्यौ । सङ्गीत तिम्रो आत्मा हो र तिमीले त्यसैलाई अगाल्यौ । तिमीले लिएको निर्णयले तिमीलाई अझ बलियो बनाओस् । तिम्रो स्वर तिम्रो सङ्गीत संसारभरि गुज्जिरहोस् । यदि कहिल्यै थाक्यौ भने सम्झनु तिमी एक त्यस्ती साहसी आत्मा हौ, जसले परम्परागत सिमानाहरू तोडेर आफ्नो बाटो आफैँ कोरिन् । तिम्रो साथमा ऋचा शर्मा ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x