छ वर्षपछि ‘मेरी बास्सै’मा फर्किए धुर्मुस

dhurmus meribassai1 768x469 1

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ करिब ६ वर्षपछि पुनः टेलिश्रृंखला ‘मेरि बास्सै’मा फर्किएका छन्।

कट्टेलले आफ्नो सामाजिक सञ्जालमार्फत फिल्म प्रचारका लागि टेलिश्रृंखलामा फर्किएको जानकारी दिएका छन्।

टेलिश्रृंखलामा सुटिङ गरिरहेको केही तस्बिर सार्वजनिक गर्दै उनले ‘करिब ६ वर्षपछि पुनः मेरि बास्सैमा, जय लाज शरणम’ लेखेका छन्।

भाइ कुमार कट्टेलले निर्देशन गरेको फिल्ममा उनी नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको अवतारमा देखिएका छन्।

महाशिवरात्रीमा प्रदर्शन हुने फिल्मको टिजर, ट्रेलर र गीत सार्वजनिक भइसकेको छ।

२०७२ सालमा आएको भूकम्पपछि पुनर्निर्माण र बस्ती निर्माणमा होमिएका सीताराममाथि चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हिनामिना गरेको आरोप छ।

यद्यपि उनले आफूसँग सम्पूर्ण हिसाब भएको र त्यसको एक-एक बुझाउन सक्ने दाबी गर्दै आएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x