‘माग्ने राजा’मा थपिए विल्सन, केदारसँग ७ वर्षपछि सहकार्य

Magne and Takme

फिल्म ‘माग्ने राजा’मा कलाकार विल्सन विक्रम राई पनि जोडिएका छन् । ७ वर्षपछि उनले कलाकार केदार घिमिरेको साथमा पर्दा शेयर गर्न लागेका हुन् । मंगलबार विल्सनलाई फिल्मको टिमले कागजी संझौता गर्दै अनुबन्धित गरेका हुन् ।

केदार र विल्सनले फिल्म ‘राम कहानी’मा एक दशक अगाडि काम गरेका थिए । विल्सन विक्रम राइलाई ‘मेरी बास्सै’मा अभिनयको मौका दिएका केदारले उनको नाम ‘तक्मे बुढा’ पनि नामाकरण गरेका थिए । यसैले, विल्सनले केदारलाई ‘गुरु’ मान्ने गरेका छन् ।

केदारले आफूहरू लामो समयदेखि एकसाथ काम गर्न उत्सुक रहेको बताउँदै बल्ल जुरेको बताए । विल्सन पनि केदारसँग सहकार्य गर्न पाउँदा उत्साहित छन् । ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको यो फिल्ममा वर्षा सिवाकोटी, शिशिर वाङ्देल, शारदा गिरी, पुस्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहने पक्का भएको छ ।

आरम्भ प्रोडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरेको यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामिप्यराज तिमिल्सिनाको पटकथा रहनेछ । फिल्मको छायांकन शिवारात्रिका दिनबाट हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x