किन टिक्न सकेनन् बोलीमा प्रकाश सपूत, जोडिए ‘परालको आगो’मा

Prakash Paralko Ago

गायक तथा नायक प्रकाश सपूत फिल्म ‘परालको आगो’मा अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेल र कलाकार सपूतले कागजी संझौता गरेका छन् ।

यसअघि यो फिल्ममा कलाकार जितु नेपाल र नायिका सुहाना थापा अनुबन्धित भइसकेका छन् । प्रकाशले फिल्ममा सुहानासँग जोडी बाँध्ने पक्का भएको छ । यो फिल्ममा प्रकाश र जितु ‘चामे र जुठे’को भूमिकामा देखिनेछन् ।

सुशील देवकोटाको लेखन, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत रहने फिल्मलाई आउँदो वर्ष रिलिज गर्ने तयारी गरिएको छ । यो फिल्मलाई यसपटक लोकेशन, प्रस्तुतीकरण र पटकथाका आधारमा फरक तरिकाले देखाउने तयारी गरिएको निर्माणपक्षले बताएको छ । यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गर्दैछन् ।

प्रकाशले पुरा गरेनन् आफ्नै वाचा
कलाकार सपूतले यसअघि फिल्म ‘माइतीघर’ साइन गरेपछि वि.सं २०८२ सम्म कुनै पनि नयाँ फिल्म साइन नगर्ने बताएका थिए । ‘माइतीघर’ नै आफ्नो साइन गरेका आधारमा २०८२ सम्मका लागि अन्तिम हुने उनको तर्क थियो । तर, सपुतले ‘परालको आगो’ साइन गरेर आफ्नै बोली भने फेरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x