Todays Date: २०८३ जेष्ठ २७

निकिता चण्डकको बलिउडमा डेब्यू, भन्सालीको फिल्ममा अभिनय गर्ने

nikita

काठमाडौं । पूर्व मिस नेपाल तथा नायिका निकिता चण्डक बलिउड फिल्ममा डेब्यू गर्ने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत बलिउडका चर्चित निर्देशक संजय लिला भन्सालीसँगको तस्वीर पोष्ट गर्दै आफू भन्सालीको फिल्ममा सानो भूमिकामा देखिन लागेको जानकारी गराएकी हुन् ।

निकिताले आफ्नो पहिलो भारतीय प्रोजेक्ट भन्सालीको फिल्म हुनुले आफू अत्यन्तै उत्साहित भएको उल्लेख गरेकी छन् । उनले भन्सालीको सिनेम्याटिक दुनियाँमा काम गर्न पाउनु ठूलो अवसर भएको बताएकी छन् ।

हालसम्म निकिता कुन फिल्ममा अभिनय गर्न लागेकी हुन् भन्ने खुलेको छैन । तर भन्सालीले हालै ‘लभ एण्ड वार’ नामक नयाँ फिल्म घोषणा गरेका छन्, जसमा रणबीर कपुर, आलिया भट्ट र विक्की कौशल मुख्य भूमिकामा रहनेछन् । अनुमान गरिएअनुसार निकिता यही फिल्ममा अभिनय गर्न लागेकी हुन सक्छिन् ।

निकिताले नेपाली फिल्म ‘साङ्लो’ मार्फत अभिनय यात्रा सुरु गरेकी थिइन् । हालै मात्र प्रदर्शनमा आएको फिल्म ‘राजागंज’मा उनले देखाएको अभिनयलाई समीक्षकले राम्रो प्रतिक्रिया दिएका छन् ।

यसअघि नेपालकी चर्चित अभिनेत्री मनीषा कोइरालाले भन्सालीको ‘खामोशी’ र ‘देवदास’ जस्ता चर्चित फिल्ममा अभिनय गरेकी थिइन् । अब निकिता भन्सालीको फिल्ममा काम गर्ने दोस्रो नेपाली नायिका बनेकी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x