Todays Date: २०८३ बैशाख १८

‘दुस्मन हेरेको हेर्‍यै’मा दुर्गेशले पललाई गरेका थिए ‘अफर’

paul shah

पछिल्लो समय गायक तथा पफर्मर दुर्गेश थापा र उनको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ ग्लोबल टेण्डिङमा छ । उक्त गीतमा रहेका केही शब्द दुर्गेशले आफ्नो हार्दिक सम्बन्ध रहेकालाई डेडीकेट गरेको हुनसक्ने अनुमान पनि लगाइएको छ । यसै बीच दुर्गेशले आफूले पल शाहलाई आफ्नो गीतको म्युजिक भिडियोमा अभिनयका लागि ‘अफर’ गरेको बताएका छन् ।

आफ्नो ‘दुस्मन हेरेको हेर्‍यै’ गीतमा सहकार्य गरौँ भनेर भनेको उनले बताए । ‘दुस्मन भनेर भन्ने वातावरण किन दिनु भन्ने कुरा गरेको थिएँ । ऊ (पल)बाट होइन अहिले नगरौँ होला भन्ने कुरा आयो । नगरौँ भनेपछि मैले आफ्नो तरिकाले भिडियो बनाएको हो’, दुर्गेशले भने । उनले फेसबुक म्यासेन्जरमार्फत पललाई अफर गरेको बताए ।

पुराना घटनालाई बिर्सिएर आआफ्नो बाटोमा फर्किनुपर्ने दुर्गेश बताउँछन् । दर्शक तथा स्रोताले पनि त्यही नै चाहेको उनको भनाइ छ । 

पुरानो घटनालाई लिएर बस्न नहुने भन्दै दुर्गेशले आफू सबैको राम्रो होस् भन्ने चाहना राख्ने व्यक्ति भएको बताएका छन् ।

दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै’ गीत चर्चित हुँदा उनी यतिबेला सर्वाधिक व्यस्त गायक बनेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x