Todays Date: २०८३ बैशाख १९

जेठ ९ मा ‘के घर के डेराः घर नम्बर २’

K Ghar k dera 2

फिल्म ‘के घर के डेराः घर नम्बर २’को प्रदर्शन मिति तय गरिएको छ ।

निर्देशक दीपेन्द्र के खनालले फिल्म आउँदो जेठ ९ गते प्रदर्शन हुने घोषणा गरेका छन् । उनले भने,‘प्रदर्शकसँग सल्लाह गरेर फिल्मको प्रदर्शन मिति पक्का गरेका हौं ।’

बुद्दि सागरको कथा रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।

यो फिल्ममा सामाजिक बिषयवस्तुलाई रोचक तरिकाले भनिने निर्देशक खनाल बताउँछन् । फिल्ममा कृष्णबहादुर थापाको छायांकन छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ ।

फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मको सह निर्माता ओम प्रकाश अग्रवाल र महेश किजु हुन् । ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x