Todays Date: २०८२ बैशाख १३

‘वसन्त’को ‘हेर्दै आँखामा’ सार्वजनिक, प्रकाश-स्वस्तिमाको रोमान्स

prakash swastima

चैत २२ गते रिलिज हुने ‘वसन्त’ फिल्मले नयाँ गीत रिलिज गरेको छ। आइतवार फिल्मको ‘हेर्दै आँखामा’ बोलको गीत सार्वजनिक गरिएको हो।

गीतमा सुगम पोखरेल र समिक्षा अधिकारीको युगल स्वर रहेको छ। गीतका रचनाकार तथा संगीतकार दुबै यो फिल्मका लेखक र निर्देशकसँगै शीर्षक भूमिकामा रहेका प्रकाश सपुत हुन्।

सार्वजनिक गीतमा अभिनेत्री स्वस्तिमा खड्का र प्रकाश सपुतलाई रोमान्टिक मूडमा देख्न सकिन्छ।

फिल्ममा प्रकाश र स्वस्तिमाका अलावा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ। फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा, तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको हो। गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यू निर्देशकिय फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले फिल्मलाई वितरण गर्नेछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top