Todays Date: २०८२ माघ २८

चैत्र महिनाको ३ सातामा ४ नयाँ नेपाली फिल्म, निराशाजनक व्यापार

draaupadi and 1155

नेपाली फिल्म उद्योगका लागि चैत्र महिना खासै सुखद देखिएको छैन । यस महिनाको पहिलो तीन सातामा चार नयाँ नेपाली फिल्म रिलिज भए पनि बक्स अफिसमा उनीहरूको व्यापार अत्यन्तै निराशाजनक रह्यो ।

चैत्र १ गते ‘राजागञ्ज’, चैत्र ८ गते ‘११ः५५’ र ‘द्रौपदी’, तथा चैत्र १५ गते ‘डोरी’ प्रदर्शनमा आएका थिए । तर, यी चारवटै फिल्म दर्शक तान्न असफल हुँदा निर्माताहरूको करोडौं लगानी जोखिममा परेको छ ।

दीपक रौनियारको निर्देशनमा बनेको ‘राजागञ्ज’मा दयाहाङ राई, निकिता चण्डक, विजय बराल लगायतका कलाकारहरूको अभिनय भए पनि दर्शक हलसम्म पुग्न चाहेनन् । यसले गर्दा फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेन ।

त्यस्तै, चैत्र ८ गते रिलिज भएका ‘११ः५५’ र ‘द्रौपदी’ झन् कमजोर व्यापार गर्न पुगे । शनिबार जस्तो महत्वपूर्ण दिनमा समेत हलहरूमा दर्शक नआउँदा निर्माताहरूको लगानी थप संकटमा परेको देखियो ।

यस्तै, चैत्र १५ गते सोलो रिलिज पाएको ‘डोरी’को अवस्था पनि सुधार हुन सकेन । फिल्म शनिबार पनि दर्शक तान्न असफल भएपछि अधिकांश हलले आइतबारदेखि शोहरू कटौती गरेका छन् ।

यसअघि ‘पुजार सार्की र पूर्ण बहादुरको सारंगी’ जस्तो फिल्मबाट उत्साहित भएकी नायिका अञ्जना बराइलीलाई ‘डोरी’को कमजोर व्यापारले निराश बनाएको छ । यसबाट उनलाई दर्शक तान्न अझै कडा मिहिनेत आवश्यक छ भन्ने देखिएको छ ।

चैत्र महिनाको सुरुवातदेखि अहिलेसम्मको विश्लेषण गर्दा नेपाली फिल्म निर्माताहरूले करीब ५ देखि ६ करोड लगानी गुमाएका छन् । अब, फिल्म उद्योग तथा दर्शकको ध्यान चैत्र महिनामा नै प्रदर्शन हुने ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ माथि रहेको छ । यी फिल्मले दर्शकको मन जित्न सक्नेछन् या नभएको स्थिति कायम रहनेछ भन्ने हेर्न बाँकी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x