Todays Date: २०८३ जेष्ठ १२

छायांकनमा निस्कियो ‘सारङ्गी’ निर्माताको ‘अभिमन्यु’

abhimanyu 2

सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’को छायांकन सुरु भएको छ । मंगलबार कीर्तिपुरमा मुहूर्त गरेपछि छायांकन सुरु गरिएको हो । मुहूर्तमा फिल्मका मुख्य कलाकारदेखि निर्माता-निर्देशकको उपस्थिति थियो । छायांकन सेड्युल एक महिनाको राखिएको छ ।

सुशान्त गौतमले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्ममा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ लगायतको अभिनय रहनेछ । निर्माता पौडेलले फिल्मको पात्रअनुसार कलाकार छनोट गरिएको बताए । छायांकन सुरु हुनुभन्दा अगावै आगामी भदौ २७ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा भइसकेको छ ।

फिल्ममा सेभेन सिज सिनेमाका प्रमुख विनोद पौडेल र गुञ्जन गिरी निर्माता तथा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्मातामा छन् । शरद महतोको छायांकन रहने फिल्ममा मुकेश खनालको स्क्रिप्ट लेखन छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथामा आधारित भएर बन्न लागेको फिल्मलाई हिन्दी र नेपाली भाषामा तयार गरिनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x