Todays Date: २०८२ बैशाख १३

यस्तो छ दुर्गेशले गाएको ‘कर्मा’को गीत

Bipin Karki Upasana Singh Thakuri2

अहिले सर्वाधिक चर्चामा रहेको गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’मा एउटा लाइन छ, ‘आजभोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ ।’ गीतमा भनेझैँ दुर्गेशका एकपछि अर्को फिल्ममा बिकिरहेका छन् । ‘ह्रस्व दीर्घ’ र ‘रंगी’पछि उनको गीत फिल्म ‘कर्मा’मा पनि विकेको छ । उनले फिल्मका लागि गाएको गीत आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

गीतमा दुर्गेश स्वयंको शब्द रचना तथा संगीत छ । एरेन्ज पनि उनकै हो । ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको रहेको छ । असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतलाई फिल्मको प्रमोसनका लागि तयार पारिएको हो । यसैले गीतमा दुर्गेशले पटक-पटक ‘कर्मा’ नाम उच्चारण गरेका छन् ।

गीतको भिडियोमा दुर्गेश स्वयं प्रस्तुत छन् । उनलाई पर्याप्त स्पेस दिइएको छ । उनीसहित भिडियोमा फिल्मका मुख्य कलाकारहरु विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी, दिव्य देव लगायत पनि चित्रित छन् । दुर्गेशको गीतले फिल्मलाई हाइप दिलाउन ठूलो भूमिका खेल्ने विश्वास निर्माण टिमको छ । उक्त गीत फिल्मको अन्तिममा राखिने जनाइएको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा, प्रदीप ढकाल लगायतको पनि अभिनय छ । फिल्ममा विपिन एक्सन अवतारमा प्रस्तुत छन् । यो उनको पहिलो एक्सन फिल्म हो । गत साता सार्वजनिक ट्रेलरमा उनको एक्सनलाई दर्शकले रुचाएका छन् ।

वसन्त लम्सालको एकल लगानी रहेको फिल्ममा सञ्जय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, उत्तम न्यौपानेको साउन्ड डिजाइन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन छ । नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मले भ्रष्ट सिस्टमविरुद्ध एक पात्रले गरेको संघर्षको कथा उठाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top