Todays Date: २०८२ बैशाख १३

२०८१ का यी पाँच फिल्म, जसको कमाइ १ लाख पनि भएन

movie 1744523240

गत वर्ष फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले इतिहास रच्दा केही फिल्मले भने सामान्य व्यापार पनि गर्न सकेनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’(बक्स अफिस)’ मा रहेको तथ्याङ्कअनुसार वर्ष २०८१ मा ६२ नेपाली फिल्म प्रदर्शन भए ।

गत साउन १८ गते प्रदर्शन भएको फिल्म ‘शीरफूल’ ले ८९ वटा टिकट बिक्रीबापत रु १८ हजार ५०० को मात्र कारोबार गरेको छ । यस्तै, फागुन ११ गते प्रदर्शन भएको फिल्म‘ख्या वोला’ले ९२ टिकटबिक्री गरेबापत रु २७ हजार ६००, सोही मितिमा प्रदर्शन भएको फिल्म ‘गाले वाना’ को ७२ टिकट बिक्रीबापत रु २१ हजार ६००, मात्रै कमाएको छ । साथै माघ ४ गते प्रदर्शन भएको फिल्म ‘एक्टर’ को १२१ टिकट बिक्री भएबापत रु ३३ हजार २८५ र असोज ११ गते प्रदर्शन भएको ‘आँखा’ ले २६२ टिकट बिक्री भएबापत रु ९२ हजार ५२५ को व्यापार (ग्रस) गरेको छ ।

उक्त व्यापारमा मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत र मनोरञ्जन करबापत पाँच प्रतिशत तिरिएको रकम कट्टा गरेर चलचित्र भवन र निर्माताले आधाआधा रकम पाउने गर्छन । उक्त रकममा वितरकले पाउने तय गरिएको रकम प्राप्त गरेपछि मात्र निर्माताले आफ्नो हिस्सा पाउने गर्छन् । तसर्थ उल्लेखित चलचित्रले गरेको व्यापारबाट निर्माताले पाउने रकम निकै न्यून हुन्छ ।

नवप्रवेशी निर्माताले बढी सँगसँगै न्यून व्यापार भएका चलचित्रको विवरणलाई पनि हेर्नुपर्ने पुर्नेन्दु झाले बताए । उनले भने, ‘निर्माता बढी व्यापार भएको चलचित्र हेरेर हौसिने गरेको पाइन्छ, तर चलचित्र निर्माणभन्दा अगाडि न्यून व्यापार पनि हेर्नुपर्छ । किनकि यहाँ यस्तो नै हुन्छ भन्ने अवस्था हुँदैन । निर्देशकले पनि सुरुआती समयमै घाटा र नाफाबारे स्पष्टरूपमा बुझाउनुपर्छ ।’

उनले आश गरिएका केही फिल्मको व्यापार राम्रो हुन् नसकेको बताए । विशेषत अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा अब्बल सावित भएका फिल्मले घरेलु बजारमा दर्शक पाउन सकेनन् । ‘शाम्बाला’ र ‘राजागञ्ज’ फिल्मको व्यापार नहुनु दुःखद् रहेको निर्देशक झाको बुझाइ छ ।

‘कलात्मक फिल्मको घरेलु बजार उत्साहजन देखिएन तर फिल्म निर्माणमा भिन्नता आउनु आवश्यक छ । ती फिल्म निर्माण तथा निर्देशन गर्ने फिल्मकर्मीको आटलाई हामीले हौसला दिनु जरुरी छ’, निर्देशक झाले भने ।

यस वर्ष प्रदर्शन भएको फिल्म ‘शाम्बाला’ ले रु दुई करोड १२ लाख २२ हजार ३२५ र ‘राजागञ्ज’ ले रु १६ लाख २१ हजार ८८१ को व्यापार (ग्रस) मात्र गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top