
गायिका रचना रिमाल चढेको विमानको जर्मनीमा इमरजेन्सी ल्यान्डिङ भएको छ ।
क्यानडाको साङ्गितिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्यान्डिङ भएको गायिका रिमालले जानकारी दिएकी छन् ।
उनले भनेकी छन्-
क्यानडाको साङ्गितिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु। क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमरजेन्सी ल्याण्ड भएको छ । केहि समयमा जर्मनिबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु । जय पशुपतिनाथ ।