Todays Date: २०८३ बैशाख १७

‘महाभोज’को ट्रेलरमा छरपष्ट सहकारी ठगीको कथा

image 10

दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । करिब साढे चार मिनेट लामो यस ट्रेलरले सहकारी संस्थाहरुमा पिडित बनेका आम नागरिकका पीडा र सामाजिक असमानताको गम्भीर रूप उतारेको छ ।

ट्रेलरमा प्रमुख पात्र दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला देखिएका छन् । ट्रेलरले सहकारीमा गरेका बचत रकम गुमाउँदा औषधि उपचार मात्र होइन, कहिलेकाहीँ ज्यानै गुमाउने अवस्थामा पुगेका विपन्न सदस्यहरुको मनष्टल र त्रासदी प्रदर्शन गरेको छ । यसले जागिरे कर्मचारीको मनोवैज्ञानिक अवस्था र राजनीतिक स्वार्थका कारण सहकारी प्रणालीमा हुने काला–कुकृतिहरूले झनै तिक्तता थपेका दृश्यले समाजको एउटा पुस्ता कसरी शोषित हुँदै आएको हो भन्ने कुरालाई उजागर गर्दछ ।

ट्रेलरको अन्त्यमा भित्तामा लेखिएको ‘सत्य कहिल्यै लुक्दैन’ लेखले फिल्मको विषयलाई आँटिलो बनाएको छ । केही दिनअघि नै फिल्मका सबै मुख्य कलाकारले सामाजिक सञ्जालमा यही नारा पोस्ट गरी दर्शकमा उत्सुकता फैलाइसकेका थिए ।

कथा तथा पटकथा विकास सुवेदीले लेखेको ‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त सहकार्यमा निर्माण भएको हो । चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x