Todays Date: २०८३ बैशाख १०

‘परी’को मुहूर्त, मुख्य भूमिकामा किरणदेखि दीपाश्रीसम्म

pari film 4

गोविन्द गौतमको लेखन तथा निर्देशनमा फिल्म ‘परी’ बन्ने भएको छ । शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मबारे जानकारी गराइयो । मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरु किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कलाकार केसीले फिल्मको स्क्रिप्ट एकदमै राम्रो लागेर काम गर्न लागेको बताए । ‘यो फिल्मको स्क्रिप्ट एकदमै राम्रो छ,’ उनले भने, ‘साँच्चिकै भन्ने हो भने दीपा र हामीले स्क्रिप्टमा यति धेरै मिहिनेत गरेका थिएनौँ, जति डिरेक्टर सापले गर्नुभएको छ ।’

त्यस्तै, दीपाश्रीले फिल्ममा काम गर्न आफूलाई कथाले आकर्षित गरेको बताइन् । ‘स्क्रिप्टमा मिहिनेत गरियो भने फिल्म वाहु भन्ने बन्छ । फिल्म वाहु भएपछि दिनानुदिन निर्माताहरु थपिनु हुन्छ । र, राम्रो-राम्रो प्रोडक्ट पनि थपिन्छ । त्यसका लागि सबैले मिहिनेत गर्नुपर्छ, हामीले मात्र होइन । यो फिल्मको स्क्रिप्टमा निर्देशकले धेरै मिहिनेत गर्नुभएको छ । त्यसैले खेल्न राजी भएँ ।’

फिल्ममा प्रियंका कार्की, दिनेश डिसी, दिग विजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिला लगायतको पनि अभिनय रहनेछ । फिल्मको छायांकन यही जेठ अन्तिमबाट सुरु गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।

बाबु श्रेष्ठको छायांकन रहने फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्मा र विकास चौधरीको संगीत, आनन्द अधिकारीको शब्द रचना तथा डा. खेम क्षेत्री, रचना रिमाल र डा. महेन्द्र भट्टको स्वर रहनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x