‘ऊनको स्वीटर’ र ‘नरसिंहा’को व्यापारमा निर्माताको एउटा दाबी, बक्स अफिस रिपोर्टमा फरक

image 18

नेपालमा फिल्मको व्यापारबारे सटिक जानकारी नपाइनु पुरानै समस्या हो। निर्माता र सरकारी बक्स अफिस रिपोर्टबीच ठूलो अन्तर देखिनु आम विषय बनेको छ। यद्यपि हाल अधिकांश हलहरूमा रियल टाइम बक्स अफिस प्रणाली जडान भइसकेको छ, तथापि व्यापारिक आँकडामा निर्माताको दाबी र बक्स अफिस तथ्यांकबीच लाखौं रुपियाँको फरक देखिनुले प्रश्न उठाइरहेको छ।

हालै प्रदर्शनमा आएका दुई नेपाली फिल्म — ऊनको स्वीटर र नरसिंहा अवतार — को उदाहरण हेर्ने हो भने, निर्माताले सार्वजनिक गरेका व्यापारिक रिपोर्ट र सरकारी तथ्यांकबीच ठूलो अन्तर छ।

ऊनको स्वीटर ले तीन सातामा १० करोड ५ लाख रुपैयाँ ग्रस कमाइ गरेको दाबी निर्माण पक्षले गरिरहेको छ। तर, बक्स अफिस तथ्यांकअनुसार फिल्मको कमाइ ८ करोड ९० लाख रुपैयाँमा सीमित छ। यसरी हेर्दा १ करोड १५ लाख रुपैयाँको फरक छ।

त्यस्तै, नरसिंहा अवतार को हकमा पनि निर्माता र सरकारी रिपोर्टबीच ८० लाख रुपैयाँभन्दा बढीको अन्तर छ। निर्माताले फिल्मले एक सातामा २ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको जनाए पनि, सरकारी तथ्यांक अनुसार यो रकम १ करोड २२ लाख रुपैयाँ मात्र हो।

यसअघि पनि फिल्म ‘ह्रस्व दीर्घ’को रिपोर्टमा ६ करोड रुपैयाँको फरक देखिएको थियो।

केही हलहरूमा अझै पनि बक्स अफिस प्रणाली नजोडिएकोले सानो रकमको अन्तर स्वाभाविक मानिए पनि करोडौंको अन्तर देखिनु गम्भीर विषय हो। यस्तो प्रवृत्तिले दर्शकमाझ निर्माताको विश्वसनीयता गुमाउँदै गएको छ।

फिल्म क्षेत्रलाई पारदर्शी र व्यवस्थित बनाउने हो भने सबै हलमा बक्स अफिस प्रणाली अनिवार्य बनाउनुका साथै निर्माताहरूले पनि सत्यतथ्यमा आधारित आँकडा मात्र सार्वजनिक गर्नुपर्ने आवश्यकता छ।

विश्लेषकहरू भन्छन्, “यदी पारदर्शी प्रणाली लागू नभएमा नेपाली फिल्म उद्योगमा व्यापारमा आधारित मूल्यांकन असम्भवजस्तै हुन्छ। निर्माता र बक्स अफिसबीचको यस्तो असमञ्जस्यले दीर्घकालीन रुपमा उद्योगलाई असर पुर्‍याउँछ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x