दाजुभाईको सम्बन्धको कथामा ‘किन लाग्छ माया’ निर्माण हुने

image 8

मिस पबीको रुपमा चिनिएकी पबित्रा साकी नयाँ फिल्म ‘किन लाग्छ माया’मा मुख्य भूमिकामा देखिने भएकी छन् । निर्माता कम्पनी एस एण्ड एस प्रोडक्सनले उनीसँग लिखित सम्झौता गर्दै आइतबार फिल्म निर्माणको घोषणा गरेको छ ।

कुवेर तामाङको निर्देशन तथा मोनु खड्काको निर्माण रहने फिल्ममा पवित्रासहित धिरेन शाक्य, राजेन्द्र खड्की, मेघ सुवेदी, सञ्जीत भण्डारी, रिचा थापा, जाह्नवी बस्नेत, हिउँवाला गौतम, सविन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहारी, विनोद ढकाल लगायतको अभिनय रहनेछ ।

फिल्मको छायांकन आगामी असारको पहिलो साताबाट सुरु गर्ने तयारी निर्माण पक्षले गरेको छ । काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी र मुस्ताङमा छायांकन गर्न लागिएको फिल्मको यतिबेला काठमाडौंमा वर्कसप चलिरहेको छ ।

रामकाजी घिमिरेको पटकथा तथा संवाद र स्याडो रियरको कथा लेखन रहेको फिल्ममा रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी तथा राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन रहनेछ । फिल्मले दाजु-भाइबीचको सम्बन्ध, एकअर्काप्रतिको जिम्मेवारी र त्यागको कथा भन्ने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x