Todays Date: २०८३ जेष्ठ १७

राते काइँलाले साइन गरे ‘राम नाम सत्य’, फरक अवतारमा देखाउने तयारीमा माइकल

image 12

साउनको अन्तिम साताबाट छायांकनमा जान लागेको फिल्म ‘राम नाम सत्य’मा अभिनेता सुनिल थापा ‘रातेकाइँला’ अनुबन्धित भएका छन् । हाल प्रि–प्रोडक्सनमा रहेको यो फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसकेका छन् ।

निर्देशक माइकल चन्दका अनुसार, सुनिललाई यसपटक विल्कुलै फरक गेटअपमा देखाउने तयारी गरिएको छ । माइकलले भने– ‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन । हामी, उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदैछौ । जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ ।’

फिल्मलाई लभस्टोरी, एक्सन, रोमान्स, सस्पेन्स शैलीमा बनाउने तयारी माइकलको छ । नायक सुशिल श्रेष्ठ ‘परिवर्तन’ नामक फिल्मको सेटबाट फर्किएसँगै वर्कशप सुरु हुने निर्देशक चन्दले बताए ।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली, उत्तम गुरुङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता डाक्टर डीआर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्ममा महेश पौडेलको डीओपी रहनेछ । फिल्मका साउथका कलाकार तथा एक्सन निर्देशकसँग पनि सहकार्य गर्ने तयारी गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x