Todays Date: २०८३ जेष्ठ १७

दुर्गेशको गीतले १० करोड भ्युज पाएपछि प्रधानमन्त्रीले दिए बधाई

image 14

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक दुर्गेश थापालाई उनको चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ ले १० करोड भ्युज पाएकोमा बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत थापालाई बधाई दिएका हुन्।

‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई,’ सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्।

 यो गीतलाई सार्वजनिक भएको ५ महिनामै यो लोकप्रिय आँकडा मिलेको हो ।  गीतमा शब्द, संगीत र स्वर नै दुर्गेशको छ । स्वरमा उनलाई समीक्षा अधिकारी र एलिना चौहानले पनि साथ दिएका छन् । एरेन्ज पनि दुर्गेशकै छ ।

गीतको भिडियोमा दुर्गेश, प्रियंका कार्की, कविता नेपालीलगायत छन् । भिडियो निर्देशन पनि दुर्गेश आफैँले गरेका छन् ।

सय मिलियन भ्युज पुगेको खुसीमा दुर्गेशले भनेका छन्, ‘दुर्गेश नाम होइन, ब्रान्ड हो ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x