Todays Date: २०८३ जेष्ठ ११

महँगो रकम लिने कलाकारलाई शोभितको चुनौती– आफ्नै पारिश्रमिक उठाएर देखाऊ

sovit basnet e1750959102221

निर्देशक तथा निर्माता शोभित बस्नेत बेला बखतमा कलाकारहरूको महँगो पारिश्रमिकलाई लिएर खरो टिप्पणी गरिरहेका हुन्छन् । बिहीबार आफ्नो नयाँ फिल्म ‘पीआर’को टिजर सार्वजनिक कार्यक्रममा पनि उनी महँगा कलाकारमाथि खनिन छाडेनन् । कुनै कलाकारले आफ्नो पारिश्रमिक मात्रै पनि उठाउने जिम्मा लिए अहिले नै आफू फिल्ममा लगानी गर्न तयार रहेको उनको भनाइ छ ।

शोभित भन्छन्, ‘५०/६० लाख पारिश्रमिक लिने कलाकारले आफ्नो मनपर्ने निर्देशकदेखि छायाँकारसम्म सबै ल्याओस् । उसले चाहेको जति पारिश्रमिक पनि लिओस् । त्यसमा जति नै लगानी भए पनि मसहित ‘पीआर’का निर्माता हाल्न तयार छौं । तर, त्यो कलाकारले फिल्मको लगानी होइन, मेरो पारिश्रमिक म आफैं उठाउँछु भनेर ‘ग्यारेन्टी’ गरोस्, म अहिले नै अर्को फिल्म बनाउँछु ।’

नेपालमा आफ्नो पारिश्रमिक उठाउन सक्ने कोही कलाकार नभएको शोभितको जिकिर छ । अहिले कलाकारहरूले बढाएको पारिश्रमिकले भविष्यमा फिल्म क्षेत्रलाई ठूलो घाटा हुने समेत उनको भनाइ छ । भन्छन्, ‘अहिले जसरी कलाकारहरूले पारिश्रमिक बढाएका छन्, त्यसले भविष्यमा फिल्म क्षेत्रलाई ठूलो घाटा हुन्छ । नेपाली फिल्मलाई बचाउने हो भने पहिला निर्माता बचाउनुपर्छ ।’

उनले आफ्नोबारे फिल्म क्षेत्रका व्यक्तिहरूले जति नै आलोचना गरे पनि यो क्षेत्रबाट आफू कहिल्यै टाढा नहुने दाबी गरेका छन् । ‘मैले ५२ सालदेखि निर्देशन गर्न थालेको हुँ । ५०, ६० र ७० को दशकमा आएका धेरैले शोभित पनि निर्देशक हो र भन्थे । अहिले ती सबै हराए । तर, म यही क्षेत्रमा छु । अहिले आएका पनि धेरै हराइसक्नेछन् । तर, म यो क्षेत्रबाट कतै पनि जाँदिनँ,’ उनले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x