Todays Date: २०८३ बैशाख २२

‘भाइटिका’मा विपिनकी बहिनी बन्दै रेखा, धिरज पनि जोडिए

image 7

रोहित अधिकारीको निर्माणमा तयार हुने फिल्म ‘भाइटीका’ को कलाकार लाइनअप रोचक बन्दै गएको छ ।

नाफा साझेदारमा विपिन कार्की केहि दिन अगाडी चलचित्रमा अनुबन्ध भएका थिए। आगामी बर्षको तिहारमा रिलिज तयारीमा रहेको फिल्ममा अन्य दुई कलाकारको प्रवेश भएको छ ।

फिल्ममा अभिनेत्री रेखा थापा र अहिलेका डिमाण्डेड नायक धिरज मगरको प्रवेश भएको छ । निर्माण टीमले औपचारिक खबर सार्वजनिक नगरे पनि दुवैसंग सम्झौता भएको बुझिएको छ ।

फिल्ममा रेखा विपिनको बहिनिको भूमिकामा देखिने बुझिएको छ ।

फिल्ममा अझै एक नायक र नायिका अनुबन्ध गर्ने तयारीमा निर्माण टिम रहेको छ । महेश दवाडीको लेखन रहेको फिल्ममालाई दिपक वोलीले निर्देशन गर्नेछन् । यहि बर्ष छायांकन गर्ने तयारीमा निर्माण टिम रहेको छ।

रोहितको निर्माणमा तयार भएको फिल्ममा ‘माइतिघर’ यहि बर्षको फूलपातीमा रिलिज हुँदैछ। यो चलचित्र पनि स्टारकाष्टका कारण चर्चामा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x