Todays Date: २०८३ जेष्ठ १८

अनुप विक्रम ‘सुम्निमा’मा अनुवन्धित, मिलनसँग चौथो पटक सहकार्य

Milan Chams and Anup Bikram Shahi

अभिनेता अनुप विक्रम शाहीले आफ्नो करिअरमा सबैभन्दा बढी निर्देशक मिलन चाम्सको फिल्ममा काम गरेका छन् । फिल्म ‘हँसिया’बाट सुरु भएको उनीहरुको सहकार्य ‘वीर विक्रम’ र ‘लिलिबिली’मा पनि भयो । अब सात वर्षपछि चौथो पटक उनीहरुले सहकार्य गर्ने भएका छन् । मिलनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सुम्निमा’मा अनुप अनुबन्ध भएका हुन् ।

नकारात्मक भूमिकाका लागि परिचित अनुप यो फिल्ममा हिरो र भिलेनमध्ये कुन हुन्, त्यसबारे जानकारी गराइएको छैन । उनका अनुसार फिल्ममा उनले करिअरमा अहिलेसम्म नगरेको चरित्र निर्वाह गर्नेछन् । त्यसका लागि अहिले आफू तयारीमा जुटेको उनले बताए । उनी पछिल्लो पटक फिल्म ‘जार’मा देखिएका थिए ।

अनुपअघि फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन अनुबन्धित भइसकेका छन् । अन्य कलाकार चयनको काम अझै जारी रहेको निर्देशक चाम्सले बताए । गोर्खा फिल्म्सले चाम्स इन्टरटेन्मेन्टसँग निर्माणमा सहकार्य गरेको यो फिल्म विशुद्ध प्रेमकथामा बन्ने जनाइएको छ ।

राजीव थापाको लेखन रहेको फिल्मको छायांकन आगामी अगस्ट अर्थात् भदौबाट लण्डन र नेपालमा हुनेछ । निर्देशक चाम्सका अनुसार ‘यूनिभर्सल’ कथा र अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राख्दै ‘सुम्निमा’ बनाइनेछ । उनको यो ११ औं निर्देशकीय फिल्म हुनेछ । उनी निर्देशित पछिल्लो फिल्म ‘अञ्जिला’ (बायोपिक) सुपरहिट भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x