Todays Date: २०८३ जेष्ठ ११

‘परालको आगो’बाट बाहिरिए जितु नेपाल

Paralko Ago Jitu

अभिनेता जितु नेपाल फिल्म ‘परालको आगो’ बाट बाहिरिएका छन्। दसैँको फूलपाती अगाडि नै छायांकन सुरु गर्ने तयारीमा रहेको यो फिल्मबाट उनी अनुबन्ध भएको करिब एक महिनापछि बाहिरिएका हुन्। आन्तरिक रुपमा केही बुँदामा सहमति नजुटेपछि जितुले फिल्म छाडेका हुन्।

यद्यपि, जितु नेपालले भने आफूले फिल्म छाडेको विषयमा स्पष्ट टिप्पणी गर्न मानेनन्। उनले अहिले यस्तो कुनै विषय नै छलफलमा नरहेको भन्दै फिल्मबाट बाहिरिएको दाबी स्वीकार गरे। तर, निर्माण युनिटसँगको संवादका आधारमा प्राप्त जानकारी अनुसार, छायांकन तालिका र भूमिका लगायतका केही महत्वपूर्ण पक्षमा कुरा नमिलेपछि अभिनेता नेपालले फिल्मबाट टाढिनु परेको हो।

फिल्मका एक निकट स्रोतका अनुसार, छायांकन दशैँको फूलपातीअघि नै सुरु गर्ने तयारीमा निर्माणपक्ष जुटिरहेको छ। तर, उक्त मितिमा आफू व्यस्त रहेको भन्दै जितुले समय दिन नसक्ने बताएपछि विकल्प खोज्ने प्रक्रिया अघि बढाइएको हो। हाल निर्माण युनिटले जितुले निर्वाह गर्ने भनिएको भूमिकाका लागि अन्य कलाकारहरूसँग सम्पर्क गरिरहेको बुझिएको छ।

‘परालको आगो’ फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्दैछन् भने निर्माणको जिम्मा सुशील पोखरेलले लिएका छन्। फिल्ममा गायक तथा अभिनेता प्रकाश सपुत र अभिनेत्री सुहाना थापा प्रमुख भूमिकामा फाइनल भइसकेका छन्।

फिल्मको औपचारिक घोषणा हुँदा दशैंको फूलपातिमा नै प्रदर्शन गर्ने योजना बनाइएको थियो। तर, छायांकनमा ढिलाइ भएपछि उक्त मिति रद्द गरिएको छ। यद्यपि, निर्माणपक्षले फिल्म यही वर्षभित्रै रिलिज गर्ने लक्ष्य राखेको जनाइएको छ।

जितु नेपालको बाहिरिँदा फिल्मको कलाकार संरचनामा केही फेरबदल आउन सक्ने देखिएको छ। अहिले निर्माण टिम वैकल्पिक कलाकार छनोट र नयाँ कार्यतालिका निर्माणमा जुटिरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x