
सन् २०२५ मा प्रदर्शनमा आएका नेपाली फिल्महरूको घरेलु बक्सअफिस कलेक्सन सर्वाधिक व्यापार गर्ने फिल्म ‘ऊनको स्वीटर’ बनेको छ ।
बक्सअफिसको तथ्यांकअनुसार यो वर्षको जुलाईसम्म सर्वाधिक कमाइ गर्ने शीर्ष ५ फिल्महरूको सूचीमा अञ्जिला: ८ करोड ८६ लाख नेरु, लाज शरणम्: ४ करोड ७० लाख नेरु, पिताम्बर: ४ करोड ५६ लाख नेरु, होस्टेल ३: ४ करोड १२ लाख नेरु ग्रस गरेका छन् ।
यी फिल्महरूले नेपाली फिल्म उद्योगमा सन् २०२५ मा उल्लेखनीय सफलता हासिल गरेको देखिन्छ । यद्यपि यो सूचीमा आगामी भदौ महिनादेखि प्रदर्शनमा आउने फिल्मले स्थान ओगट्ने देखिएको छ ।
भदौदेखि कात्तिकसम्म यस वर्ष प्रतीक्षा गरिएका फिल्महरू प्रदर्शन हुँदैछन् । विशेषत दसैँ र तिहारमा प्रदर्शन हुने फिल्मको व्यापारको चासो यतिबेला दर्शकलाई मात्र नभई फिल्मकर्मीलाई पनि छ ।