‘हरिबहादुरको जुत्ता’को पहिलो झलक सार्वजनिक

haribadhur

दशैं लक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चर्चित कलाकार हरिवंश आचार्य एक्लै प्रस्तुत गरिएको छ, जसले फिल्ममा उनको भूमिकालाई विशेष रुपमा चिनाउने प्रयास गरिएको देखिन्छ।

पोस्टरले टेलिभिजनमार्फत दर्शकमाझ गहिरो छाप छाडिसकेको ‘हरिबहादुर’ पात्रको झल्को दिने संकेत गरेको छ। उक्त पोस्टर शान थापा र विजय वस्यालको संयुक्त परिकल्पनामा तयार गरिएको हो।

फिल्ममा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका चर्चित कलाकारले अभिनय गरेका छन्।

दिपेन्द्र के. खनालको निर्देशनमा तयार भएको ‘हरिबहादुरको जुत्ता’ आउँदो दशैंको फूलपातीका दिन, अर्थात असोज १३ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सरोज ओली र मोहितबंश आचार्य हुन्। फिल्मको छायांकन कृष्ण बहादुर थापाले गरेका हुन् भने सम्पादन नकुल खड्काले गरेका छन्।

संगीत पक्षमा वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतले संयुक्त योगदान दिएका छन्। गीतमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितबंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर समावेश छ।

दर्शकको मन जित्न सक्ने गम्भीर पात्रहरुदेखि हास्यरससम्मको मिश्रण रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ दशैंमा दर्शकका लागि विशेष अफर बन्ने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x