‘इकु’लाई पत्नी शोक

image 2

चर्चित हास्य कलाकार सुलेमान शंकर ‘इकु’ गहिरो शोकमा परेका छन्। उनकी पत्नी सम्झना घिमिरेको ४२ वर्षको उमेरमा साउन १० गते निधन भएको हो।

मिर्गौला सम्बन्धी समस्याबाट पीडित घिमिरे लामो समयदेखि उपचाररत थिइन्। यद्यपि निधन अघिल्लो साता भए पनि उनका छोराको अमेरिका बसाइका कारण अन्त्येष्टि केही दिन ढिलो गरी शुक्रबार पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पारिवारिक उपस्थितिमा गरिएको हो।

इकु र सम्झनाका एक छोरा र एक छोरी छन्। पत्नीको असमयिक निधनले कलाकार शंकरको परिवार शोकमा डुबेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x