‘कोहिनूर’पछि अब ‘सुख दुःख’ खेल्दै बलिउडका दीपराज

image 7

सन् २००२ मा भारतीय फिल्म ‘साथिया’ मा मार्फत बलिउडमा सहायक अभिनेताका रूपमा चर्चा पाएका अभिनेता दिपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने भएका छन् । उनलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो ।

‘सिंघम रिटर्न्स’, ‘प्रेम रतन धन पायो’, ‘दबङ ३’, ‘मेट्रो इन दिनो’, ‘बिल्ली उस्ताद’ र ‘सितारे जमीन पर’ जस्ता फिल्ममा अभिनय गरेका दिपराजले यसअघि नेपाली फिल्म ‘कोहिनूर’मा स्व. श्रीकृष्ण श्रेष्ठसँग काम गरेका थिए । लामो समयपछि उनी पुनः नेपाली फिल्ममा फर्किंदैछन् । नीताको निर्देशनमा बन्ने ‘सुख दुःख’को कथाले आफूलाई भावुक बनाएको र त्यसैले यो फिल्ममा काम गर्न इच्छुक भएको दिपराजले बताएका छन् ।

यद्यपि, उनको भूमिकाबारे निर्माण पक्षले खुलासा गरेको छैन । आगामी फागुनबाट छायांकन सुरु हुने यो फिल्मका लागि हालै अभिनेत्री विपना थापालाई पनि अनुबन्ध गरिएको छ । नीता र विपनाले यसअघि फिल्म ‘ह्रस्व दीर्घ’मा सहकार्य गरेका थिए र यो उनीहरूको दोस्रो सहकार्य हो ।

दिपराज र विपनासहित मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ पनि अनुबन्ध भइसकेका छन् । अन्य कलाकारबारे भने निर्माण पक्षले जानकारी दिएको छैन । फिल्मको छायांकनका लागि भारतीय छायाँकार कवीरलाल र शाहिदलाल अनुबन्धित छन् । नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्म आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x