कलाकारको समय अभावले ‘डबल ट्रिपल’को छायांकन अनिश्चितकालका लागि स्थगित

image 18

छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गर्ने हतारोले गर्दा नेपाली फिल्म उद्योगमा बारम्बार मिति सार्नुपर्ने समस्या देखिन्छ । स्क्रिप्ट र कलाकारको समय सुनिश्चित नहुँदै मिति तोक्ने र पछि ‘बिरालोले बच्चा सारेझैँ’ रिलिज सार्ने प्रवृत्तिले गर्दा निर्माता र दर्शक दुवै अन्योलमा पर्ने गरेका छन्, जसको पछिल्लो उदाहरण ‘डबल ट्रिपल’ बनेको छ ।

निर्देशक अशोक शर्माको महत्वाकांक्षी फिल्म ‘डबल ट्रिपल’को भविष्य अनिश्चित बनेको छ । मुख्य कलाकारहरू दयाहाङ राई र खगेन्द्र लामिछानेको कार्यव्यस्तताका कारण छायांकन नै रोकिएपछि फिल्मको पूर्वघोषित प्रदर्शन मिति दोस्रो पटक सरेको छ ।

निर्देशक शर्माले भदौ ५ गतेबाट फिल्मको छायांकन सुरु गर्ने योजना बनाएका थिए, तर मुख्य अभिनेतामध्येका खगेन्द्र लामिछाने ‘क्याप्टेन साब’ फिल्मको छायांकनमा व्यस्त भएकाले समय दिन सकेनन् । उनको हालको फिल्मको काम सकिन अझै २०-२५ दिन लाग्ने बताइएको छ।

खगेन्द्र ‘क्याप्टेन साब’को छायांकनबाट फुर्सदिला हुँदासम्म अर्का मुख्य अभिनेता दयाहाङ राई आफ्नो नयाँ फिल्म ‘कबड्डी ५’ को छायांकनमा व्यस्त हुनेछन् । ‘कबड्डी ५’ लगत्तै उनी ‘मितज्यू’ र ‘पेन्सनपट्टा’ नामक अन्य दुई फिल्ममा अनुबन्धित भइसकेका छन् । यसकारण, राईले माघ महिनाअघि ‘डबल ट्रिपल’लाई समय दिन नसक्ने स्पष्ट भएपछि छायांकन अनिश्चितकालका लागि धकेलिएको हो ।

यसअघि, गत फागुनमा निर्माण घोषणा गरिएको यो फिल्मलाई दशैंको फूलपातीमा रिलिज गर्ने लक्ष्य राखिएको थियो। तर, सोही मितिमा अन्य तीन फिल्मसँग जुध्ने भएपछि शर्माले प्रदर्शन मिति सारेर फागुन १ गतेलाई तोकेका थिए। अब माघअघि छायांकन नै सुरु नहुने भएपछि फागुन १ मा पनि फिल्म प्रदर्शन असम्भव भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x