Todays Date: २०८३ जेष्ठ ११

विधवाले दोस्रो अवसर पाउनुपर्छ भन्ने कथामा फिल्म ‘कन्यादान’ बन्ने

image 26

‘रङ्गेली’का निर्देशक अर्जुन सुवेदीले आफ्नो दोस्रो निर्देशकीय फिल्म ‘सोल्टिनी’ रिलिजभन्दा अगावै नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘कन्यादान’ राखिएको छ । उनले हरितालिका तिजको अवसर पारेर मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएका हुन् ।

ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको पोस्टर वैचारिक डिजाइनमा आधारित छ । पोस्टरमा देखाइएको एक विधवा महिलाको सांकेतिक तस्वीरले नेपाली समाजमा विधवाले भोग्ने मौन पीडा र पुनः जीवनप्रतिको चाहना दुवैलाई प्रतिबिम्बित गर्छ ।

यो फिल्ममा विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई पर्दामा उतारिने जनाइएको छ । फिल्मको सार ‘हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ‘ भन्ने रहेको निर्देशक सुवेदीले बताए । उनका अनुसार समाजका कडाइ र परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने अधिकार दिने प्रसंग यसमा देखाइनेछ ।

कुमार भट्टराई र अर्जुन सुवेदीको संयुक्त लेखन रहेको फिल्मलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको छ । फिल्मको निर्माणमा प्लानेट थ्री फिल्म्सले गर्नेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । फिल्मको प्रस्तुतकर्तामा रेजिना बिस्ट र कार्यकारी निर्मातामा मार्टिन ओली रहेका छन् ।

यो फिल्मको छायाङ्कन निर्देशनमा सुसन प्रजापति र सङ्गीतकारमा प्रशान्त सिवाकोटी रहनेछन् । यसअघि ‘कन्यादान’ शीर्षकमा दुईवटा फिल्म बनिसकेका छन् । ती फिल्मभन्दा सुवेदीको निर्देशनमा बन्ने ‘कन्यादान’को कथा फरक रहेको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x