
निर्देशक अनिल बुढा मगरको आगामी फिल्म ‘मितज्यु’ मा अभिनेता अरुण पुन मगर अनुबन्ध भएका छन् । निर्माण टिमले बिहीबार उनलाई फिल्मका लागि अनुबन्ध गरेको हो । यसअघि अरुणले फिल्म ‘खुश्मा’ मा अभिनय गरिसकेका छन् । उनको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने निर्माण पक्षको विश्वास छ ।
फिल्ममा यसअघि नै अभिनेता सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन् । महेश राईको कथामा बन्न लागेको यो फिल्मको निर्माता जनक घर्ती मगर हुन्, जसले यसअघि हिट फिल्म ‘घरज्वाइँ’ निर्माण गरेका थिए ।
निर्देशक अनिल र निर्माता जनकको यो दोस्रो सहकार्य हो । ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा निर्माण हुने फिल्मको सिनेमाटोग्राफी शिशिर बिशङ्खेले गर्नेछन् । निर्माण व्यवस्थापक धन बहादुर राई रहेको यो फिल्मको छायांकन मंसिरको दोस्रो हप्तादेखि रोल्पालगायत विभिन्न स्थानमा सुरु हुनेछ ।