Todays Date: २०८३ जेष्ठ १२

सुशीला प्रधानमन्त्री बनेपछि कलाकारले दिए बधाई

image 4

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई कला–साहित्य र मनोरञ्जन क्षेत्रमा क्रियाशील सेलिब्रेटीहरूले उत्साहपूर्वक स्वागत गरेका छन्। उनीहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

अभिनेता अनमोल केसीले प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शपथ लिनसाथ ‘इतिहास रचियो’ भन्दै खुसी व्यक्त गरेका थिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इतिहास रचियो ! नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ । यो जित हाम्रो पुस्ताको साहसले सम्भव भएको हो । यस्तो साहसी र युगान्तकारी परिवर्तनको साक्षी बन्न पाएकोमा साँच्चिकै गर्व लागेको छ ।’

अभिनेता हरिवंश आचार्यले कार्कीको नेतृत्वलाई भ्रष्टाचारविरुद्ध उभिएका युवाको आशा पूरा गर्ने प्रणाली निर्माणको अवसरका रूपमा व्याख्या गरे। अभिनेता अनमोल केसीले यो क्षणलाई साहसी र युगान्तकारी परिवर्तनको साक्षी भएको भन्दै गर्व व्यक्त गरे। उनले खराब व्यवस्थालाई जरैदेखि उखेलेर फ्याँक्ने युवाको हस्तक्षेपलाई प्रशंसा गर्दै त्यसका लागि चुकाइएको मूल्यलाई नबिर्सन आग्रह गरे।

अभिनेता तथा निर्माता दीपकराज गिरीले ‘आमा भएर बोकी हेर सन्तानका पिरहरू’ भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई जिम्मेवारी बोध गराएका छन् । अर्का अभिनेता पल शाहले आमाको ममतामयी स्पर्शले मुलुकले नेतृत्व पाएकोमा खुसी व्यक्त गर्दै नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएका छन् । 

अभिनेत्री आँचल शर्माले कार्कीको नियुक्तिलाई आशा र सम्भावनाको ढोका खुल्ने क्षणका रूपमा लिइन्। ‘अबको देशको कथा पुरानो सोचले होइन, नयाँ पुस्ताको सपना र महिलाको नेतृत्वले लेखिनेछ,’ उनले लेखिन्।

अभिनेता प्रदीप खड्काले नयाँ सरकारलाई जिम्मेवारी पूरा गर्न शक्ति र साहसको कामना गरे भने अभिनेता नाजिर हुसेनले यसलाई जेनजीको जित भने। अभिनेत्री स्वस्तिमा खड्काले कवि गोपालप्रसाद रिमालको कविता उद्धृत गर्दै बधाई दिइन्।

त्यस्तै, अभिनेत्री केकी अधिकारीले सतिले सरापेको ग्लानि भाव त्यागेर आमाको आशिषले समुन्नत देशको नयाँ चिनारी हेर्न आतुर रहेको उल्लेख गर्दै सकारात्मक भविष्यको आशा प्रकट गरेकी छन् ।

अभिनेत्री स्वस्तिमा खड्काले ‘एक जुगमा एक दिन एक चोटि आउँछ’ भन्ने गीतको हरफ लेख्दै प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई पाएकोमा गौरव महसुस भएको बताएकी छन् । अर्की अभिनेत्री नीति शाहले नेपालको राजनीतिमा नयाँ अध्याय सुरु भएको बताइन्। अभिनेता तथा गायक प्रकाश सपुतले आशाको गीत गाउन आह्वान गर्दै संविधानको संरक्षण र जेनजीको परिपक्व निर्णयको प्रशंसा गरे। अभिनेता दीपकराज गिरीले “आमा भएर बोकी हेर सन्तानका पिरहरू” भन्दै शुभकामना प्रकट गरे।

त्यस्तै, अभिनेत्री मिरुना मगरले यो क्षणलाई ऐतिहासिक भन्दै जेनजीले सम्मानसाथ विजय हासिल गरेको दिन प्रत्यक्ष देख्न पाएकोमा खुसी व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले शुक्रबार राति शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेकी हुन्। उनले ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने कार्यभारसहित अन्तरिम सरकारको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेकी छिन्।

उनी प्रधानमन्त्री बन्न जेनजी आन्दोलनले अघि सारेको नाम हुन्। काठमाडौं महानगरका मेयर बालेन शाहले पनि उनको नेतृत्वलाई समर्थन गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x