Todays Date: २०८३ जेष्ठ १२

विदेशमा बस्ने नेपालीलाई जसिताको आग्रह : भोट हाल्न बिदा लिएर घर जानूस

jasita

अन्तरिम सरकार गठन भएसँगै सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । यसपटक, भ्रष्टाचार विरुद्धको अभियान जेनजीहरुले छेडेपछि सरकार नै परिवर्तन भयो । अब, नयाँ नेपाल बनाउनु पर्ने संकल्प धेरैले गरिरहेका छन् ।

यसैबिच, नेपाली फिल्मका केही नायिकाहरूले फागुन २१ गते भोट हाल्नका लागि बिदा लिन विदेशमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् ।

नायिकाहरू जसिता गुरुङ, अदिति वुढाथोकी, बेनिशा हमाल लगायतले विदेशमा बस्ने नेपालीहरूलाई नयाँ नेपाल निर्माणका लागि भोट हाल्नका लागि अपिल गरेका छन् । उनीहरुले नयाँ नेपाल निर्माण गर्न र ५१ जना बढी शहिदहरुको सपना साकार पार्नका लागि भोट हाल्न तयार भएर बस्न उनीहरुको आग्रह छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x