Todays Date: २०८३ जेष्ठ १२

‘द पिजेन्ट’को नेपाल छायांकन स्थगित

dev patel

बलिउड तथा हलिउड अभिनेता देव पटेल निर्देशित र अभिनीत फिल्म ‘द पिजेन्ट’को नेपाल छायांकन स्थगित भएको छ।

जेनजी आन्दोलनपछि नेपालमा विकसित राजनीतिक परिस्थिति र सुरक्षासम्बन्धी चुनौतीका कारण फिल्म युनिटले नेपालमा गर्ने भनिएको छायांकन तत्कालका लागि रोक्ने निर्णय गरेको हो। भारतीय अनलाइन पोर्टल मिड-डेका अनुसार अब फिल्मको सुटिङ नोभेम्बरमा भारतको मुम्बईमा सुरु हुनेछ।

१४औं शताब्दीको परिवेशमा आधारित यो फिल्म एक भारतीय गोठालाको कथामा केन्द्रित छ। कथामा गोठालाले भाडाका लडाकुको समूहसँग लडाइँ लड्छन्। निर्देशक पटेलले फिल्मको स्क्रिप्ट लेख्दा नेपालका दुर्गम भू-भागलाई प्रेरणाको रूपमा प्रयोग गरेका थिए। तर परिस्थितिजन्य कारणले नेपालका दृश्यहरू पनि भारतकै दुर्गम स्थान महाराष्ट्र र राजस्थानमा पुनःनिर्माण गरेर खिचिने भएको छ।

फिल्म ‘द पिजेन्ट’मा देव पटेल स्वयं शीर्ष भूमिकामा देखिने छन्। यसअघि ‘स्लमडग मिलियनेयर’बाट विश्व चर्चित बनेका पटेल पछिल्ला वर्षहरूमा बलिउड र हलिउड दुबैमा सक्रिय रहँदै आएका छन्।

नेपालमा हुने आशा गरिएको सुटिङ स्थगित भएपछि चलचित्रको छायांकन पूर्ण रूपमा भारतमै सम्पन्न हुने निश्चित भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x