अमेरिकाका ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ रिलिज हुँदै

haribahadur

नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने भएको छ।

अमेरिकामा यो फिल्मलाई आहाना पौडेल वितरण गर्नेछन्। उनको फिल्म वितरणमा यो डेव्यु हो। नेपाली फिल्म वितरक उज्ज्वल पौडेलका छोरा हुन्। पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका उनले हरिवंश आचार्य स्टारर चलचित्रलाई त्यहाँको बक्स अफिसमा रिलिज गर्न लागेको जानकारी दिईसकेको छ।

उनको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० पर्दामा फिल्म रिलिज गर्न लागेको हो। टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका सहर र राज्यमा फिल्म लाग्नेछ ।

त्यहाँका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाज लगायतका चेनमा फिल्म रिलिजको तयारी भैरहेको आहानले जानकारी दिए ।

सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको चलचित्रलिई दिपेन्द्र के खनालले निर्देशन गरेका छन्। फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x