
अभिनेत्री केकी अधिकारीले घुस नलिने र नदिने शपथ गर्न सबैमा आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमा लेख्दै अभिनेत्री केकीले भ्रष्टाचारविरुद्ध जुन उदेश्य र सपना बोकी वीर सहिदहरु लडेको बताउदै घुस लिने र दिने गर्ने छैनौं भन्ने शपथ लिन आग्रह गरेकी हुन् ।
केकीले लेखेकी छन्, “आउनुस्, आज एउटा शपथ हामी पनि लिऔं आफैसँग । भ्रष्टाचारविरुद्ध जुन उदेश्य र सपना बोकी हाम्रा वीर सहिदहरु लडे, आज हामीले पनि संकल्प गर्नुपर्छ । घुस लिने र दिने गर्ने छैनौं, भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाँउ दिने छैनौं । हाम्रो त्याग र बलिदान खेर जान दिनुहुन्न ।”