Todays Date: २०८२ माघ १०

‘हर्ष’को नयाँ गीत ‘सिठ्ठी मार’ सार्वजनिक

Harsha

आगामी मंसिर १२ गते रिलिज हुने पारिवारिक ड्रामा फिल्म ‘हर्ष’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । डेब्यू निर्देशक एकता पौडेल निर्देशित फिल्मले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो ।

सार्वजनिक गीत एलिस कार्कीको संगीतमा तयार भएको हो, जहाँ प्रताप दास र सदिक्षा कट्टेलको युगल स्वर सुन्न सकिन्छ । पवित्रा घिमिरेको शब्द रचना रहेको गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् ।

आलोक शुक्लाले खिचेको गीतमा फिल्मका प्राय कलाकार देखिएका छन् । पारिवारिक जमघटको माहोलमा तयार पारिएको यो गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, शुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधर छन् ।

निर्माण पक्षले यो गीत नेपालीहरुको हरेक खुशीका जमघटको प्रिय गीत बन्ने विश्वास लिएको छ । ‘हर्ष’ प्रशन्न पौडेल तथा विकाश पौडेलले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखाल हुन् ।

फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला पन्त, माओत्से गुरुङ,विसा पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, श्रीजना नापित तथा बाल कलाकार साइमन वादीको अभिनय रहेको छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी रहेकी निर्देशक पौडेलले यो फिल्मबाट स्व रेग्मीको विरासतलाई सशक्त निरन्तरता दिने अपेक्षा राखिएको छ ।

निर्देशक पौडेल न्यूयोर्क सिनेमा एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमाहरु समेत निर्माण गरिसकेकी छन् । सम्पुर्ण छायांकन चितवनमा नै गरिएको सिनेमा हाल पोष्ट प्रोडक्सनको चरणमा रहेको छ । पौडेलले आफु र आफ्नो टिमले दर्शकलाई ‘हर्ष’ सिनेमा उत्कृष्ट रुपमा पस्किने बताउँदै आइरहेकी छन् ।

‘हर्ष’मा समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ । सिनेमामा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप शर्मा मुख्य सहायक निर्देशक रहेका छन् ।

गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x