दयाहाङलाई कोटले दिएको दुःख

dayahangrai bijayabaral

अभिनेता दयाहाङ राईले फिल्म ‘वरिष्ठ बलराम’मा आवरणमा पनि केही फरक पन देखाउने प्रयास गरेको बताएका छन् । अधिकांश चरित्रमा गाउँले दुःख पाएको गरिब क्यारेक्टरमा देखिने दयाहाङ ‘वरिष्ठ बलराम’मा शहरिया धनी क्यारेक्टरमा देखिने भएका छन् ।

कार चढेर ५–७ जना क्यारेक्टर अगाडि÷पछाडि लगाएर रवाफ देखाउने क्यारेक्टरमा ‘वरिष्ठ बलराम’मा दयाहाङ देखिनेछन् । त्यही भएर उनले आवरणमा पनि केही फरकपन देखिने उनले बताएका हुन् । यो आवरण ट्रेलरमा पनि देखिएको छ । उनका यसअघिका सिनेमाको आवरणका तुलनामा यसमा निकै भिन्न देखिएको छ ।

कोट, पाइन्ट र टाईमा ठाँटिएर हिँड्ने कमै क्यारेक्टर मात्रै उनले गरेका छन् । ‘खासमा क्यारेक्टरको आवरण भन्दा पनि त्यसको भित्री पक्ष के हो त्यसमा पसेर काम गर्न मलाई मजा लाग्छ, मैले गर्ने पनि त्यही हो,’ दयाहाङ भन्छन्, ‘पहिलोपटक यो चलचित्रको स्क्रिप्ट पढ्दा पनि मलाई अहिले मेरो क्यारेक्टरले लगाए जस्तो गेटअप सोचेको थिइनँ ।’

फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । निर्देशक पौडेलले दयाहाङलाई सुट र टाइमा ठाँटिएर हिँड्ने क्यारेक्टर हो मैले सोचेको भने । भित्री पक्ष अर्कै भए पनि बाहिर अर्कै अथवा म वरिष्ठ हुँ भन्ने देखाउने क्यारेक्टर भएकाले दयाहाङलाई यो आवरण पनि हुन्छ भन्ने लाग्यो ।

त्यसपछि दयाहाङले लगाए चितवनको प्रचण्ड गर्मीमा टाई, सुट र कोट, जुन उनका लागि फिल्ममा केही नौलो त देखियो नै । झलक्क हेर्दा विल्कुल नौलो हो कि भन्ने पनि देखियो ।

‘आवरणमा केही फरक थियो, तर असजिलो थिएन । अभिनय हो, जस्तो प¥यो त्यही गर्ने हो,’ दयाहाङ भन्छन्, ‘बरु कोट लगाउँदा चाहिँ साँच्चै कठिन भएको थियो । चितवनको गर्मीमा कोट लगाउँदा कम्ता होइन गर्मी । कोट चाहिँ मेरा लागि चुनौती जस्तै बनेको थियो ।’

वरिष्ठ देखाउन चाहिरहने र त्यसमा अरूले दख्खल दिन खोज्दा त्यसको प्रतिकार गर्दै खोलामा रहेको आफ्नो हैकम कायम राख्ने चरित्रमा ‘वरिष्ठ बलराम’मा दयाहाङ छन् । दयाहाङको एकाधिकार खोसेर त्यसको लाभ आफू पनि उठाउने दाउमा रहेका विजय बरालसँको टकराब नै ‘वरिष्ठ बलराम’को कथा हो । यी दुई कलाकार ‘वरिष्ठ बलराम’का मुख्य पात्र हुन् ।

कार्तिक ६ गते भाइटीकामा रिलिज हुने फिल्ममा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x