
कलाकारको रुपमा परिचित विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’ घरेलु बजारमा असफल भएको छ । धिरज मगर र मिरुना मगरको प्रतिक्षित जोडीलाई लिएर विल्सनले निर्देशनमा डेब्यु गरेका थिए, यद्यपि दर्शकले अस्वीकार गरे । विल्सनलाई डेब्यु निर्देशनमै फ्लपको ट्याग लाग्यो । फिल्मले ठीकठाकै समीक्षा पाए पनि दर्शकले हलसम्म पुगे रुचि देखाएनन् ।
तक्मे प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा धीरज र मिरुनाका साथमा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङ्देन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय छ । यदपि फिल्मलाई गएको शनिवार कात्तिक १५ गते बेलुकी ११ बजेर ५९ मिनेटसम्म ३३ हजार ९ सय ४२ जनाले हेरेका छन् ।
‘बक्सअफिस’ को तथ्यांकअनुसार फिल्मले एक करोड मात्र ग्रस कलेक्सन गरेको छ । फिल्मको सुस्त प्रचारप्रसार हुँदा यसले घरेलु बजारमा दर्शक साथ पाउन सकेन नै नेपाली फिल्मको लागि ठूलो बजार मानिने अस्ट्रेलिया र अमेरिका जस्ता देशमा समेत प्रदर्शन हुनसकेको छैन ।