Todays Date: २०८३ जेष्ठ १७

‘काजी’ चैत २७ मा प्रदर्शन हुने, फर्स्टलुकमा यस्ता देखिए विपिन

kaji

लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’ यसै वर्षको चैत २७ मा रिलिज हुने भएको छ । निर्माण पक्षले शुक्रबार फर्स्ट लुक सार्वजनिक गर्दै रिलिज मिति पनि सार्वजनिक गरेको हो ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको आज सार्वजनिक फस्टलुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की छन् । उनी योङ एण्ड हेन्डम, चिटिक्क पारेर कोरेको कपाल र दारीमा देखिन्छन् ।

पोस्टरमा केकी अधिकारी पनि छिन् । उनलाई विपीनले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ । फिल्ममा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ ।

यो फिल्मबाट लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका छन् । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका फिल्म निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए । रिजाल एण्ड रिजल प्रोडक्सनको व्यानरमा फिल्म निर्माण भएको हो । फिल्ममा प्रदीप भारद्धाजको लेखन, चिन्तन राजभण्डारीको छायांकन र कालिप्रसाद बास्कोटाको संगीत छ ।

फिल्मको प्रोड्क्सन डिजाइनर ओजस्वी ओझा हुन् । रगं संयोजक श्याम कुँवर, लोकेशन साउन्डरसाउन्ड डिजाइन सागर अर्याल, ब्याक्ग्राउन्ड स्कोर सुजिल कर्माचार्य, क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतरज छन् । प्रोडक्सन हेड प्रकाश हमाल छन् भने सम्पादन सुपरभाइजर बनिश शाह छन् । सम्पादक बिपिन मल्ल रहेका छन् । कार्यकारी निर्माता असिम काफ्ले, निर्माता नेहान रिजाल, बिकाश राज जोशी रहेका छन् । वितरक श्रीराम बालाजी फिल्म्स रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x