कानुनी विवाह गरेको एक वर्षपछि नीति बनिन् बेहुली

nita shahi 768x432 1

अभिनेत्री नीति शाह वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले शुक्रबार प्रेमी याञ्चित राणासँग विवाह गरेकी हुन् । अहिले काठमाडौंको एउटा होटलमा उनीहरूको वैवाहिक समारोह चलिरहेको छ । विवाहमा नीतिले रातो रंगको आकर्षक लेहेंगा लगाएकी छन् भने याञ्चित सेतो रंगको शेरवानीमा सजिएका छन् । प्राप्त तस्वीरमा दुवैलाई खुसी मुद्रामा देख्न सकिन्छ ।

गत बैशाखमा काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह गरेका नीति र याञ्चित करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा थिए । विवाहपूर्व प्रि-वेडिङ फोटोसुटसँगै आफू नजिकका साथीहरूसँग सीक्रेट ब्याचलर पार्टी मनाएका उनीहरूले बुधबार काठमाडौंमा आयोजना गरेको संगीत कार्यक्रममा पल शाह, बेनिशा हमाल, सन्ध्या केसी, आकृति राजभण्डारी लगायतले विशेष प्रस्तुति दिएका थिए ।

नीति र याञ्चितले शनिबार साँझ रिसेप्सन पार्टी आयोजना गरेका छन् । पार्टीमा उपस्थितिका लागि राजेश हमालदेखि अनमोल केसीसम्मलाई निम्तो गरिएको जनाइएको छ । नीतिका श्रीमान् याञ्चित पेशाले एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर हुन् । अर्थात् विमान मर्मत गर्ने इन्जिनियर । उनी हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टीमा कार्यरत छन् ।

सन् २०१७ मा मिस इन्टरनेशनल नेपालको उपाधि जितेकी नीति पछिल्लो समय फिल्म अभिनयमा व्यस्त छिन् । २०८१ सालमा प्रदर्शन भएको फिल्म ‘खजुरे ब्रो’बाट अभिनेत्रीको रूपमा डेब्यु गरेकी उनले त्यसयता ‘ज्वाइँ साब’, ‘नरसिंहा अवतार’, ‘मोहर’, र ‘कोशेढुंगा’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् । अहिले उनको हातमा आधा दर्जनभन्दा बढी फिल्म छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x