Todays Date: २०८२ फाल्गुन ३०

पललाई लिएर ‘आ बाट आमा २’ बन्ने, आउँदो दसैँमा रिलिज

Paul Shah

नायक पल शाहको जन्मदिनको अवसर पारेर उनको करिअरकै सर्वाधिक सफल फिल्म ‘आबाट आमा’को सिक्वेल निर्माणको घोषणा गरिएको छ। निर्माण पक्षले आइतबार फिल्मको पोस्टर सार्वजनिक गर्दै ‘आबाट आमा २’ बन्ने जानकारी दिएको हो।

सार्वजनिक गरिएको पोस्टरमा पल शाहलाई एकल रूपमा प्रस्तुत गरिएको छ। पोस्टरमा लेखिएको छ, ‘आउँछु भन्ने झुटो आशामा आमाले बर्सेनि जमरा छरिरहन्छिन्।’

निर्माण पक्षका अनुसार फिल्म दशैँसँग सम्बन्धित कथामा बनाउन लगिएको हो । पोस्टरमा फिल्मको कथाबारे भनिएको छ, ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’।

निर्देशक चन्द्र पन्तका अनुसार, यो सिक्वेल वि.सं. २०८३ सालको दशैँमा प्रदर्शनमा आउनेछ। निर्माण पक्षले निश्चित मिति भने तोकेको छैन।

फिल्ममा पल शाह मुख्य भूमिकामा रहने पक्का भए पनि पहिलो भागका नायिकाहरु उषा उप्रेती र सिम्रन पन्त सिक्वेलमा दोहोरिने वा नदोहोरिने भन्नेबारे निर्देशक पन्तले अहिले केही खुलाएका छैनन्। फिल्मको लेखन र निर्देशन पन्त स्वयम्‌कै रहनेछ।

हाल हलहरूमा प्रदर्शन भइरहेको ‘आबाट आमा’ले नेपाली बजारमा १० करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्दै पल शाहको करिअरकै सबैभन्दा सफल फिल्मको रेकर्ड बनाएको छ। यही सफलताको उत्साहबीच निर्माण टिमले दोस्रो भागको तयारी सुरु गरेको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x